Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १७ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानको बाँकी बक्यौता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

साथै उनले दुग्ध किसानका मागमा आफ्नो पार्टीका तर्फबाट सधैं ऐक्यबद्धता जनाउने बताए ।

मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन ।’

किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनुसरकारको असक्षमता र अकर्मण्यताको प्रमाण भएको उनको आरोप छ ।


प्रतिकृया दिनुहोस्