१० भदौ, काठमाडौं । आज बिहान भोटेकोसीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति गरेको छ।
लेन्दे खोला ९भोटेकोसी०मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।
अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ ।































