१० भदौ, काठमाडौं । रसुवामा ड्युटीमा खटेका ९ जना सशस्त्र प्रहरी सम्पर्कबिहीन भएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमाण्डको टोली ड्युटीमा खटिएको हो।
अहिले उक्त ९ जनाको टोली सम्पर्कबिहीन भएको उनले बताए।
चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढी अहिले भोटेकोशी नदीबाट त्रिशुली हुँदै चितवन पुग्न लागेको उनले बताए।































