Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अफगानिस्तानमा भूकम्प, २० जनाभन्दा बढीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १६ गते


Advertisement

काठमाडौं । पाकिस्तान सीमानजिकै रहेको अफगानिस्तानको पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पका कारण २० जनाभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ।

अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आइतबार राति ११स्४७ बजे भूकम्प गएको हो।

जसको गहिराइ ८ किलोमिटर थियो। यसपछि कम्तीमा तीन पटक फेरि परकम्प गए, जसका तीव्रता ४.५ देखि ५.२ म्याग्निच्युडसम्म थिए।

समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तानको राजधानी काबुल (लगभग २०० किलोमिटर टाढा)र पाकिस्तानको राजधानी इस्लामाबाद (लगभग ४०० किलोमिटर टाढा) मा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।


प्रतिकृया दिनुहोस्