Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फिनल्यान्डमा ३० वर्षीय सांसद संसद्‌ भवनभित्रै मृत भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ४ गते


Advertisement

काठमाडौं । युरोपेली मुलुक फिनल्यान्डमा एक युवा सांसद संसद्‌ भवनभित्रै मृत फेला परेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय सांसद एमिली पेल्टोनन मंगलबार संसद् भवनभित्रै मृत भेटिएका हुन्।

उनले आत्महत्या गरेको आशंका छ तर अहिलेसम्म उनको मृत्युबारे धेरै जानकारी खुलाइएको छैन।

यले न्युजका अनुसार सांसद पेल्टोननले जुन महिनाको सुरुवाततिर सामाजिक सञ्जालमा आफू मिर्गौलालगायत रोगबाट पीडित रहेको उल्लेख गरेका थिए। पछिल्ला हप्ता उनी संसदीय काममा सहभागी थिएनन्। बिरामी बिदामा थिए।

प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको बताएको छ। प्रारम्भिक अनुसन्धानले हत्याको आशंका देखाएको छैन। बरु घटना गम्भीर स्वास्थ्य समस्याका कारण भएको देखिएको छ।

पेल्टोनन २०२३ को चुनावमा ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए। उनी संसद्‌का केही समितिमा काम गर्थे। उनी जार्भेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।

एमिली पेल्टोननको ‘आत्महत्या’ले फिनल्यान्डको राजनीतिक वृत्तमा मानसिक स्वास्थ्य र सांसदहरूको चुनौतीबारे नयाँ बहस सिर्जना गरेको छ। युवा सांसदहरूको बढ्दो जिम्मेवारी र स्वास्थ्य समस्या प्रमुख सवाल बनेको छ ।


प्रतिकृया दिनुहोस्