Skip

Hamro Sanchar

किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, सात घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३ गते


हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ हाङलाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाइते भएका छन् ।

स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजमा सरिक रहँदा चट्याङ परेर स्थानीय दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको होे ।

चट्याङ लागेर स्थानीय १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन, राप्ति नगरपालिका–११ का ४७ वर्षीय पान बबहादुर मोक्तान घाइते भएका छन् ।

उनीहरुको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्