Skip

Hamro Sanchar

सांसदहरूलाई उपत्यका नछाड्न भन्दै एमालेले पठायो मेसेज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३ गते


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ ।

मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो ।

एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी आएको हो ।

एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर संकलन गरिरहेको छ ।

उता, विपक्षी दलहरू यो कार्यको विरोध गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसभित्रकै इतर समूहका सांसदहरूले पनि अहिलेसम्म हस्ताक्षर गरेका छैनन्


प्रतिकृया दिनुहोस्