Skip

Hamro Sanchar

बिमा प्राधिकरणको अध्यक्ष शरद ओझा बर्खास्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३ गते


काठमाडौं । सरकारले फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई बर्खास्त गरेको छ।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। त्यही दिनबाट उनी पदबाट निलम्बित भएका थिए।

समितिले उनीसँग प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको र फर्जी कागजात बुझाएर नियुक्ति लिएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो।

गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो ।


प्रतिकृया दिनुहोस्