
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते भएको राजावादी आन्दोलनमा राप्रपा नेताहरुले आफूमाथि छुरा हानेको टिप्पणी गरेका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू त्यसबाट बाँच्न सफल भएको समेत जिकिर गरे। ‘मलाई १५ गते राप्रपाहरुले मिलेर छुरी हान्या छन्,’ प्रसाईंले भने, ‘म बाँच्न सफल भएको छु।’
तर, अब आफूलाई राप्रपाले धोका दिन नसक्ने समेत उल्लेख गरे। ‘१५ गते जुन धोका दियौँ, अब जीवनमा धोका दिन सक्दैनौँ,’ प्रसाईंले भने।
उनले अब दल खोल्ने समेत घोषणा गरेका छन्। तर, दलको नाम भने पछि घोषणा गर्ने उनले बताए ।














