Skip

Hamro Sanchar

रवि लामिछानेको स्वास्थ्यमा समस्या, डाक्टर कारागारमै लगियो डाक्टर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २ गते


काठमाडौं । ललितपुरको नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ भएका छन्।

उनलाई जन्डिस भएको आशंकामा सोमबार दिउँसो रगत परीक्षणका लागि वीर अस्पताल पठाइएको छ।

उनको स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टरबाट डाक्टरहरुको टोली कारागार लगिएको थियो।

सोमबार बिहान उपसभापति डोलप्रसाद अर्याल लामिछानेलाई भेट्न कारागार पुगेका थिए। त्यसक्रममा केही अस्वस्थ रहेको अनुमानमा उनले स्वास्थ्य जाँचका लागि आग्रह गरेका थिए।

लामिछानेलाई शनिबार भैरहवा कारागारबाट नक्खु कारागारमा सरुवा गरिएको हो ।


प्रतिकृया दिनुहोस्