Skip

Hamro Sanchar

पुराना दलले केही गर्न सक्दैनन् भन्ने भाष्य बनाएर दिग्भ्रमित बनाउने कोसिस भइरहेको छ : देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको दाबी गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौती चिर्दै अझ बढी शसक्त र क्रियाशील हुन आवश्यक रहेको बताए।

‘पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस भइरहेको छ। तर यस्ता भाष्य र चुनौती चिर्दै अझ बढी शसक्त र क्रियाशील हुन आवश्यक छ,’ देउवाले भने, ‘नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत एकता कायम गरी आगामी निर्वाचनमा बहुमतल्याइ नेपाली कांग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईं हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ।’

सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको बताए ।


प्रतिकृया दिनुहोस्