Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इजरायलले गर्‍यो अल जजिराका ६ जना पत्रकारको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २६ गते


Advertisement

काठमाडौं । इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले रिपोर्टर अनस अल-शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको बताएको छ।

आफ्ना पत्रकारको हत्यापछि अल जजिराले ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरू मध्ये एक अनस अल शरीफलाई उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा कब्जा गर्नुअघि उठेका आवाजहरूलाई दबाउने हताश प्रयास हो ।’ भनेको छ ।

बीबीसीले भने ५ जना अलजजिराका पत्रकारहरुको हत्या भएको उल्लेख गरेको छ । बीबीसीका अनुसार संवाददाता अनस अल शरीफ र मोहम्मद क्रेकेह, साथै क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवाको हत्या भएको हो ।

अलजजिराले हमलामा जम्मा सात जनाको मृत्यु भएको र आफ्ना ६ सहकर्मी मारिएको बताएको छ ।


प्रतिकृया दिनुहोस्