Skip

Hamro Sanchar

गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २५ गते


काठमाडौं । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै त्यहाँ कुपोषणका कारण मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यसमा बालबालिकाको संख्या ९८ रहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । ४९१ जना घाइते छन् । गाजामा मृत्युको संख्या निरन्तर बढिरहेको छ ।

यसबीच, गाजा सिटीमा नियन्त्रण कायम गर्ने इजरायलको घोषणापछि त्यहाँका बासिन्दालाई आउँदो अक्टोबर ७ सम्म सहर खाली गर्न समयसीमा दिइएको छ ।


प्रतिकृया दिनुहोस्