Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अर्को हप्ता ट्रम्प र पुटिन अलास्कामा भेट्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २४ गते


Advertisement

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको भविष्यबारे छलफल गर्न आगामी शुक्रबार अलास्कामा भेट गर्ने भएका छन्।

ट्रम्पले अगस्ट १५ मा हुने बैठकको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्।

त्यसपछि क्रेमलिनका प्रवक्ताले समेत बैठकको पुष्टि गर्दै अलास्का ‘रुसको नजिक भएकोले उपयुक्त स्थान’ भएको बताए। प्रवक्ताले ट्रम्पलाई दोस्रो शिखर बैठकका लागि रुस भ्रमण गर्न निमन्त्रणा पनि दिइएको बताए। यस विषयमा युक्रेनको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

बैठकको घोषणा ट्रम्पले युक्रेनले युद्ध अन्त्यका लागि केही भूभाग छोड्नु पर्न सक्ने सङ्केत दिएको केही घण्टापछि भएको हो। सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध तीन वर्षभन्दा बढी समयदेखि जारी छ।

‘तपाईँहरूले हेर्दै गर्नुभएको भूभाग तीन वर्षभन्दा बढी समयदेखि लडाइँ भइरहेको क्षेत्र हो। धेरै रुसी मारिएका छन्, धेरै युक्रेनी मारिएका छन्,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भने, ‘यो धेरै जटिल छ। केही भूभाग फिर्ता ल्याइनेछ, केही साटासाट गरिनेछ। यसले दुवै पक्षको हितमा हुनेछ ।


प्रतिकृया दिनुहोस्