
काठमाडौं । भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका पनि चारजना बेपत्ता भएका स्थानीय प्रशासनले जनाएको छ।
ज्वालामुखी गाउँपालिका-२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।
‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको खोजी सुरु गरेका छौँ,’ प्रजिअ घिमिरेले नेपालखबरसँग भने। बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका(२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन्।
बाढीपहिरोमा मा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरि १८ जनाभन्दा धेरै बेपत्ता सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले जनाएका छन्।
उनीहरू उत्तराखण्डका विभिन्न स्थानमा मजदुरी गर्दै आएका थिए। बेपत्ताहरूको खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई आग्रह गरिएको स्थानीय प्रशासनले जनाएका छन्।
यही साउन २० गते उत्तराखण्डको धराली बजारमा आएको बाढीले ठूलो त्यसक्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ ।


















