काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय...
काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनको मतदान स्थलमा पत्रकारहरूलाई रोक लगाइएको छ। पत्रकारहरूलाई भोलेन्टियर फोर्सका कार्यकर्ताले ‘कमान्डरको आदेश लिएर आउन’ भन्दै निषेध गरेका हुन्। पत्रकारहरूलाई मिडिया सेन्टरबाट मतदान स्थलतर्फको रिपोर्टिङ गर्न लगाइएको हो। महाधिवेशन स्थल भृकुटीमण्डपको गेटछेवैमा रहेको मिडिया सेन्टरबाट अन्यत्र जान दिइएको छैन। मिडिया सेन्टरमा पनि दिउँसो २...
काठमाडौं । काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेका पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएको कुरा खुलासा भएपछि उनको उम्मेदवारी एमालेको निर्वाचन आयोगले खारेज गरिदिएको हो। उनलाई बहुविवाह मुद्दामा अदालतले १ वर्ष जेल र ५ हजार जरिवानाको फैसला गरेको थियो। कैदबापत दिनको...