Skip

Hamro Sanchar

भारतको बाढीमा १७ भन्दा बढी नेपाली पर्नु दुःखद : प्रधानमन्त्री ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २३ गते


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सो बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन् ।

उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री ओली हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका छन् ।

 


प्रतिकृया दिनुहोस्