
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताएका छन् ।
बिहीबार काठमाडौँ अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टीले यस्तो निर्णय गर्ने तयारी भइरहेको बताएका हुन् ।
उनले आफ्नो पार्टीका सबै स्थानीय सरकार प्रमुखका छोराछोरी सार्वजनिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय कार्यान्वयन भैसकेको र अब चाँडै केन्द्रीय नेताका छोराछोरीका हकमा पनि सार्वजनिक स्कुल क्याम्पस र विदेश जान नपाउने गरी निर्णय गर्ने तयारी भएको बताएका हुन् ।
‘म पार्टीको सबैभन्दा ठुलो अध्यक्ष । मेरा छोराछोरी विदेश पढ्न गएका छैनन् । अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौँ’, प्रचण्डको भनाइ छ ।
यस्तै उनले विद्यालय शिक्षा विधेयक लामो समय लड्केर बसेको अवस्थामा आफूले चलखेल भएको थाहा पाएपछि फिर्ता लिएर पुनस् दर्ता गरेको दाबी गरे ।
उनले विद्यालय शिक्षा विधेयक लामो समय लड्केर बसेको अवस्थामा आफूले चलखेल भएको थाहा पाएपछि फिर्ता लिएर पुनस् दर्ता गरेको दाबी गरे ।
त्यसक्रममा उनले शिक्षा विधेयक संसद्मा पुग्न एमाले र कांग्रेसका कारण ढिलो भएको भन्दै यसमा भ्रममा नपर्न आग्रह गरे ।














