Skip

Hamro Sanchar

नारायणकाजी भन्छन् : बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २२ गते


काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने– ‘कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।’

उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक मस्यौदाको तयारी भइरहेको भन्ने जानकारीले नेपाली समाजमा गम्भीर तरङ्ग र असन्तोष उत्पन्न भएको उल्लेख गरे।

श्रेष्ठले यस्तो कदम सामाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्  ।

 


प्रतिकृया दिनुहोस्