
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका छन्।
आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा समाजवादी मोर्चाबारे ब्रिफिङ गर्दै एकताका लागि नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्टसँग छलफल चलिरहेको जानकारी दिएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए।
‘समाजवादी मोर्चाबारे ब्रिफिङ गर्नुभयो,’ ती पदाधिकारीले भने, ‘पार्टी एकताको निम्त पहल गर्ने भनेर छलफल चलिरहेको छ। माधवजीसँग पनि, विप्लवजीसँग पनि एकताका लागि छलफल चलिरहेको छ भन्नुभयो।’
पछिल्लो समय विशेषगरि माधव नेपालसँग प्रचण्डको लगातार छलफल भइरहेको छ ।


















