Skip

Hamro Sanchar

दल नेतामा पराजित भएपछि मुख्यमन्त्री लामाले भने : राजीनामा दिन्नँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १४ गते


काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको निर्वाचनमा ८ मतान्तरले पराजित भएपछि मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतान्त्रिक पद्धतीको उपयोग भएको बताएका छन्।

मुख्यमन्त्री लामाले संसदीय दलको नेताको लागि निर्वाचन हुनु लोकतान्त्रिक पद्धती भएको भन्दै राजीनामा भने नदिने बताएका हुन्।

‘यो लोकतान्त्रिक प्रणाली हो, पहिला मैले जितेँ अहिले उहाँले जित्नुभयो,’ मुख्यमन्त्री लामाले सञ्चारकर्मीसँग भने, ‘तर विधि र विधानमा अघि बढ्नुपर्ने भन्ने कुरा हो। म ५ वर्षको लागि निर्वाचित भएको थिएँ। तर उहाँहरूले विधि मिचेर बीचमै यस्तो खेल खेल्नुभयो।’

अब बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुहुन्छ किरु सञ्चारकर्मीको यो प्रश्नमा लामाले भने, ‘किन राजीनामा दिनेरु संसदीय दलको नेतामा पराजित भएको हो। कांग्रेसको विधानमा दलको नेता नभएपनि गठबन्धनको सरकारको नेतृत्व गर्न पाइन्छ भन्ने छ। त्यसैले म राजीनामा दिन्नँ।’

यसअघि १३ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा लामाले बानियाँलाई ५ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। साढे २ वर्षपछि बानियाँले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर लामा नेतृत्वको सरकार ढलाउने खेलमा जुटेका हुन्।

सो अविश्वासको प्रस्तावमा मत विभाजन हुँदा २२ सांसदले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेपछि दलको नेताबाट लामा पदमुक्त भएका थिए। बुधबार भएको निर्वाचनमा दल नेतामा बानियाँ विजयी भएका हुन् ।


प्रतिकृया दिनुहोस्