Skip

Hamro Sanchar

तिलगङ्गा आँखा प्रतिष्ठानको बाढी पीडितलाई १ करोड एक लाख सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ, काठमाडौं । गत बुधबार भोटेकोसीमा आएको विनाशकारी बाढीपीडितका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले १
करोड १ लाख १ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तिलगङ्गा आँखा प्रतिष्ठानले उक्त रकम सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

शनिबार जारी प्रेस विज्ञप्तिका अनुसार प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन्। बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामीको निःशुल्क आँखा उपचार गर्ने निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीलाई ग्रामीण आँखा केन्द्रको सहयोगमा टिम बनाएर प्रभावित क्षेत्रमा खटाउने प्रतिष्ठानले जनाएको छ ।


प्रतिकृया दिनुहोस्