Skip

Hamro Sanchar

माओवादी पदाधिकारी बैठक जारी, यस्ता छन् छलफलका एजेन्डा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १४ गते


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो। २४ सदस्यीय पदाधिकारीमा २२ जना बैठकमा सहभागी छन्।

माओवादी केन्द्रका सचिव दिननाथ शर्माका अनुसार विभिन्न चारवटा एजेन्डामा छलफल हुनेछ। आज स्थायी समिति बैठकको एजेन्डा तय गर्ने, केन्द्रीय समितिको बैठक बोलाउने विषयमा कुरा हुन्छ, उनले भने, समसामयिक राजनीतिक घटनाक्रमका कुरा पार्टीभित्रका कुरा पनि भए बाहिरका कुरा पनि यसमा छलफल हुन्छ।

विद्या भण्डारी सक्रिय राजनीतिमा आएको विषय र वाम एकताका विषयमा कुरा हुन्छ ।


प्रतिकृया दिनुहोस्