Skip

Hamro Sanchar

माओवादी पदाधिकारी बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १४ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठकमा शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादीले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान चलाएको थियो ।

अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग विशेष अभियान कास्कीको पोखरामा पुगेर स्थगित भएको थियो । उक्त अभियान फेरि सुरू गर्नेकी महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बस्न लागेको माओवादीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्