Skip

Hamro Sanchar

बागमतीका मुख्यमन्त्री लामाले गरे ३ जना मन्त्री नियुक्ति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १४ गते


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनजना मन्त्री नियुक्ति गरेका छन्।

कांग्रेस सांसद इन्द्रबहादुर बानियाँ समूहलाई सहयोग गर्न पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त तीन स्थानमा मुख्यमन्त्री लामाले नियुक्ति गरेका हुन्।

बुधबार आज बिहान मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई नियुक्ति गरेका हुन्।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गोविन्द लम्साल, युवा तथा खेलकुद मन्त्रीमा माया श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा गीता गुरुङलाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्