Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चीन सरकारले ३ सन्तान जन्माउनेलाई १५ सय डलर दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १३ गते


Advertisement

काठमाडौं ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले तीन बच्चा जन्माउने अभिभावकलाई प्रतिसन्तान ५०० डलर (६९ हजारभन्दा बढी नेपाली रुपैयाँ) अनुदान दिने भएको छ।

चीनको सरकारी मिडियाका अनुसार चीन सरकारले जन्मदर बढाउन सोमबार उक्त नीति घोषणा गरेको हो।

चीनले अब तीन वर्षमुनिका बच्चाका लागि अभिभावकलाई प्रतिबच्चा वार्षिक ५०० डलर अनुदान दिनेछ। यस हिसाबले हरेक वर्ष उनीहरूले १५०० डलरसम्म अनुदान पाउनेछन्।

चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाको पालनपोषणमा मद्दत हुने बताइएको छ।

चीन घट्दो जन्मदर संकटको सामना गरिरहेको छ। यसैले चीनले एकभन्दा बढी बच्चा जन्माउनेलाई अनुदानको घोषणा गरेको हो।

जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एउटा बच्चा जन्माउने नीति समाप्त गरिसकेको छ। यसपछि पनि जन्मदर घट्दै गइरहेको छ। ।


प्रतिकृया दिनुहोस्