Skip

Hamro Sanchar

समाजवादी मोर्चाको बैठक आलोकनगरमा : प्रचण्ड, नेपाल र बिप्लव लगाएतका नेता उपस्थित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १३ गते


काठमाडौं । चार दल आवद्ध समाजवादी मोर्चाको बैठक   बसिरहेको  छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो।

मोर्चा प्रभावकारी नभएको भनेर मोर्चा संयोजक रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले असन्तुष्टि जनाइरहेका बेला बैठक बोलाइएको हो।

बैठकमा माओवादी केन्द्रका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायत उपस्थित छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, घनश्याम भुसाल लगायत छन्।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीबाट विप्लव, खड्गबहादुर विश्वकर्मा लगायत उपस्थित भएका छन् ।


प्रतिकृया दिनुहोस्