Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बेइजिङमा भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १३ गते


Advertisement

चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८ र यानछिङ जिल्लामा २ जनाको ज्यान गएको हो।

सप्ताहन्तदेखि शुरु भएको अविरल वर्षा सोमबार आसपासका प्रान्तहरूमा समेत फैलिएको छ। बेइजिङका उत्तरी क्षेत्रमा ५४३ मिमी ९२१।३ इन्च० वर्षा मापन गरिएको छ। यो वर्षा मापन हालसम्मकै एक उच्च स्तरको हो।
ट
राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार, सबैभन्दा प्रभावित क्षेत्रहरूबाट ८० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण दर्जनौं सडकहरू भत्किएका छन् र कम्तीमा १३६ गाउँहरूमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।

बेइजिङको ग्रामीण मियुन जिल्लामा सन् १९५९ मा निर्माण भएको जलाशय अहिलेसम्मकै उच्च स्तरमा पुगेपछि त्यसबाट पानी निकास गरिएको छ। यससँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी किनारबाट टाढा रहन आग्रह गरिएको छ।
मंगलबार बिहानसम्म अझै ३०० मिमी ९११।८ इन्च० सम्मको भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राति सबै सरोकारवाला निकायलाई ‘सम्पूर्ण शक्ति लगाएर’ उद्धार र खोजी कार्य गर्न निर्देशन दिएका छन्। सरकारले आपत्कालीन चेतावनी हटाइएनसम्म विद्यालय, निर्माण कार्य, बाहिरी पर्यटन र अन्य सबै सार्वजनिक गतिविधिहरू रोक्न आदेश दिएको छ ।


प्रतिकृया दिनुहोस्