Skip

Hamro Sanchar

सिन्धुली घटना : हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १२ गते


काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलान्जोर गाउँपालिका(६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारकी माइली छोरी सम्पर्कमा आएकी छन् ।

तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजता सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार हायू परिवारका माइली छोरी सुजता-ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका हुन् ।

प्रहरीले सार्वजनिक गरेको हायू परिवारका १६ जना बेपत्ता सदस्यको सूचीमा सुजताको नाम पनि उल्लेख थियो । तर उनी बेपत्ता नरहेको भेटिएको हो ।

प्रहरीको सम्पर्कमा आएकी सुजताले परिवारका अन्य सदस्यहरूसँग सम्पर्क हुन नसकेको बताएकी छन् । सुजताले आफ्नो परिवारका सदस्यको खोजी गरिदिन अनुरोध गरेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्