
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबारे सञ्चारमाध्यममा भइरहेका टिकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आफूअनुकूल व्याख्या नगरी समग्र पक्षमा अध्ययन गर्न समेत आग्रह गरेका छन्।
‘हाम्रो पार्टी बारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ शर्माले लेखेका छन्, ‘आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु।’
उनले कुन सन्दर्भमा यस्तो टिप्पणी गरेका हुन् भन्ने चाहिँ खुलाएका छैनन्। शर्माले हालै एक कार्यक्रममा पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने र पार्टीभित्र जनवादी केन्द्रीयता नरहेको भन्दै गरेको टिप्पणीलाई लिएर माओवादी केन्द्रभित्र उनको आलोचना भइरहेको छ।


















