Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न सहमत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ११ गते


Advertisement

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ।

दुई देशका सेनाबीच शनिबार नै युद्धविराम गर्ने सहमति भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

युद्धविरामपछि दुई देशका नेताहरू चाँडै वार्तामा बस्ने तय भएको पनि सिएनएनले जनाएको छ।

कम्बोडिया र थाइल्याण्डको सिमानामा सेनाबीच तनाव उत्पन्न भएपछि बिहीबारदेखि दुई देशले एक अर्कको सैन्य संरचनामा हवाई आक्रमण गरेको थियो।

चार दिनमा दुई देशमा कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै दुई देश युद्धविराम गर्ने सहमतिमा पुगेको घोषणा गरेका थिए।

ुउनीहरूले चाँडै वार्ता टेबलमा बसेर शान्ति स्थापना सुनिश्चित गर्नेछन्,ु ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए।

ट्रम्पले कम्बोडियाका प्रधानमन्त्री हुन मनेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायचाइसँग कुराकानी पनि गरेको बताएका थिए।

कुराकानीकै क्रममा दुई देशका प्रमुखहरुलाई तनाव जारी राखे दुवै देशसँग व्यापार सम्झौता नगर्ने चेतावनी दिएको पनि बताएका छन्।

दुवै देश वार्ता टेबलमा बस्न पनि तयार भएका छन्,ु उनले भनेका छन्।

अघिल्लो महिना ट्रम्पले दुवै देशलाई पत्र पठाएर उनीहरूले अमेरिका निर्यात गर्ने सामानमा अगस्टदेखि ३६ प्रतिशत भन्सार लगाउने जानकारी गराएका थिए ।


प्रतिकृया दिनुहोस्