Skip

Hamro Sanchar

बंगलादेश विमान दुर्घटना  हुदा १९ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ५ गते


ढाका । बंगलादेशमा वायु सेनाको एफ७ विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो ।

वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जानकारी दिएका छन् । दुर्घटनामा १६४ जना घाइते भएका छन् ।

घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । अहिले उद्धारको काम जारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्