Skip

Hamro Sanchar

एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ५ गते


काठमाडौं । नेकपा एमालेको पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको महासचिव शंकर पोखरेलले जनाएका छन् ।

केन्द्रीय कमिटी बैठकमा संगठनात्मक अवस्थाको जानकारी दिदै महासचिव पोखरेलले पार्टी सदस्य संख्या बढेको बताएका हुन् ।

संगठन विभाग सदस्य विशाल भट्टराईका अनुसार बढेको संख्या सहित अब एमालेको पार्टी सदस्य साढे ६ लाख पुगेको छ ।

एमालेले कूल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य लिएको छ । त्यसैअनुसार एकपछि अर्को मिसन चलाउँदै आएको छ ।


प्रतिकृया दिनुहोस्