Skip

Hamro Sanchar

ओलीसँगको भेटपछि विद्याको दाबी : सदस्यता नवीकरण भइसकेको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ४ गते


काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भएको भेटवार्ता सकिएको छ।

उनीहरूबीच आज अपराह्न करिब डेढ घन्टा कुराकानी भएको थियो। भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिएकी छन्।

उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए। जबाफमा उनले सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्योु भनेकी छन्।

‘तर आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन,’ उनले भनिन्।

उनकाअनुसार आज समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो। ‘राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको हो,’ उनले भनिन्।

एमाले संस्थापन पक्षले भने भण्डारीको सदस्यता पेन्डिङमा रहेको दाबी गर्दै आएको छ।


प्रतिकृया दिनुहोस्