Skip

Hamro Sanchar

मोहन वैद्यलाई भेटेपछि प्रचण्डले भने : स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको देख्दा खुशी लाग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ४ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणसँग भेटवार्ता गरेका छन् ।

वैद्यको निवास पुगेर प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनका अनुसार वैद्यको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको छ ।

भेटवार्तापछि प्रचण्डले भने, ‘आज कमरेड मोहन वैद्य ‘किरण’जीसँग भेट्न उहाँकै निवासमा गएँ । स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’

वैद्य पछिल्लो समय अस्वस्थ छन् । लामो अस्पताल बसाइपछि उनी डिस्चार्ज भएर निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्