Skip

Hamro Sanchar

विद्या भण्डारी र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ४ गते


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी भण्डारीबीच आज छलफल हुने भएको छ ।

पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको स्रोतले बतायो ।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याबारे पछिल्लो समय पार्टी बैठकमा बहस सिर्जना भएको छ । भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए ।

भण्डारीले आफूसँग केही सल्लाह नगरेको बताइरहेका ओली र पछिल्ला बैठकमा जिम्मेवार नेताबाट आइरहेका कुराले अन्योल बढिरहेको बेला दुईजना छलफल गरेर यो विषय टुंग्याउन लागेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्