Skip

Hamro Sanchar

ससुराली गएका एक जनाको हत्या, एक गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १ गते


Advertisement

इलाम । इलामको सूर्योदय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ।

माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्योदय– १, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो।

काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्युु भएको जनाइएको छ।

दाजुु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ।

घटना पछि शेर्पालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्