Skip

Hamro Sanchar

ओली नेतृत्वको सरकार राष्ट्रियसभामा अल्पमतमा पर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ३२ गते


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा अल्पमतमा परेको हो । भूमि विधेयकमा समेटिएका विषयवस्तुमाथि असहमति जनाउँदै जसपा नेपालले समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्देशन बमोजिम बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् । ती सांसदहरू विपक्षमा रहेपछि ५९ सदस्यीय राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको हो ।

बहुमतका लागि ३० मत हुनुपर्नेमा सरकारसँग अब कांग्रेसका १६, एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद मात्रै छन् । यी सबै जोड्दा २८ मत मात्र हुन्छ ।


प्रतिकृया दिनुहोस्