
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताको राजीनामा अडिओ काण्ड फासफुस गराउनका लागि नभएको दाबी गरेका छन्।
७८ लाख घुस मागेको अडिओ सार्वजनिक भएपछि एमाले सांसद गुप्ताले मंगलबा मन्त्री पदबाट राजीनामा दिएका हुन्।
अब यस विषयमा उनीविरुद्ध गरिनुपर्ने अनुसन्धान नहुने टिप्पणी भइरहेका बेला एमालेकै अर्का सांसद थापाले दोषीले उन्मुक्ति पाउन नहुने धारणा राखेका हुन्। ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ’, प्रतिनिधि सभा सदस्य थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस प्रकरणमा विवादास्पद अडिओको आवाजमा कोको संलग्न रहेका छन्रु ती सक्कली हुन् कि नक्कलीरु राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडिओमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दुधको दुध, पानीको पानी छुट्याउनुपर्छ। दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन। झोसपोलवाला, बिचौलिया धन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन। विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुनरगर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो।’
त्यसो त एमाले सांसदले घुस मागेको अडिओ सार्वजनिक भएको यो दोस्रोपटक हो।
यसअघि २०७६ सालमा एमालेकै नेता तथा तत्कालीन प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडिओ सार्वजनिक भएको थियो।


















