Skip

Hamro Sanchar

गुजरातमा पुल नदीमा खस्दा मृत्यु हुनेको संख्या १५ पुग्यो, ४ जना बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २६ गते


काठमाडौं । भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भाँचिँदा मृत्यु भएकाको संख्या १५ पुगेको छ।

बुधबार बिहान बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल अचानक भत्किँदा त्यहाँ गुडिरहेका पाँच सवारीसाधन पनि नदीमा खसेका थिए।

नदीमा बिहान थप २ शव भेटिएपछि मृतकको संख्या १५ पुगेको हो। यसअघि दुर्घटनाकै दिन बुधबार १३ जनाको शव निकालिएको थियो।


प्रतिकृया दिनुहोस्