Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टेक्सासमा भषण बाढी : २४ जनाको मृत्यु, २५ बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २१ गते


Advertisement

एजेन्सी । अमेरिकाको टेक्सासमा बाढीका कारण २४ जनाको मृत्यु भएको छ। बाढीका कारण कम्तीमा २० बालबालिकासहित २५ जना बेपत्ता भएका छन्।

बाढीमा फसेका २३७ जनाको उद्धार गरिएको छ । टेक्सासका लेफ्टिनेन्ट गर्भनर ड्यान प्याट्रिकका अनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो शक्तिसहित खोज तथा उद्धार कार्य भइरहेको छ। जसमा हेलिकोप्टरसहित विभिन्न ९ वटा समूहले खोजी कार्य जारी राखेका छन्।

प्याट्रिकले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गर्नुभएको छ। सडकहरु पानीले भरिएकाले खोजी कार्य असहज भएको छ। मौसम विभागले पश्चिम टेक्सासमा आगामी केही घण्टा बाढीले थप विकरालरूप लिनसक्ने चेतावनी जारी गरेको छ।

बाढीले टेक्सासमा ठूलो क्षति पुर्‍याएपछि स्वतन्त्रता दिवसको कार्यक्रम स्थगित गरिएको छ । अमेरिकामा ४ जुलाईमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ


प्रतिकृया दिनुहोस्