Hamro Sanchar

एमाले अहिले निकै संकटले ग्रस्त, भविष्य के हुने हो भन्न सकिँदैन : नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २० गते


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको बताए।

‘नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको छ,’ नेपालले भने, ‘अन्तरविरोध बढ्दै गइरहेको छ। अब त्यसको भविष्य के हुने हो त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन।’

उनले थपे, ‘म त्यो पार्टीको आन्तरिक कुरामा धेरै प्रवेश गर्न चाहन्नँ। तर म के भन्छु भने यो कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्रिको शिकार हुने, निम्न पूँजीवादी प्रवृत्ति मात्रै होइन, दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने यस्ता जुनसुकैले प्रवृत्ति बोकेका छन्, भने यो प्रवृत्ति परास्त गर्नैपर्छ ।


प्रतिकृया दिनुहोस्