Skip

Hamro Sanchar

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २० गते


चितवन । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा चितवनकै रत्ननगर नगरपालिका(८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजेतिर माझी अर्का साथी राजकुमारसँगै माछा मार्न राप्तीमा गएका थिए।

रातको समयमा माछा मार्ने क्रममा अविशेकलाई गोहीले तानेर नदीमा डुबाएको राजकुमारले बताएका छन्। खोजीका क्रममा झण्डै पाँच घण्टापछि उनको शव घटनास्थल भन्दा दुई सय मिटर तल भेटिएको हो ।


प्रतिकृया दिनुहोस्