Skip

Hamro Sanchar

गायिका एलिनालाई गालीगलौज गरेको आरोपमा गुञ्जन राई पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १९ गते


काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले ललितपुरका गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ गरेको बताए ।

गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।

एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्