Skip

Hamro Sanchar

मोहनलाई गगनको जवाफ : फोहोर चलाएर फोहोरी बन्दिनँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १८ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् ।

बुधबारको पार्टी बैठक पछि बस्नेतको बोलीप्रति छोटो प्रतिक्रिया दिँदै थापाले फोहोर चलाएर म फोहोरी बन्न नचाहने बताए ।

टेरामक्स भ्रष्टचार मुद्धामा धरौटी बुझाएका बस्नेतले केन्द्रीय समिति बैठकमा महामन्त्री थापाप्रति खनिएका थिए ।

बस्नेतको बोलीप्रति टिप्पणी गर्दै थापाले भने,‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ ।

आमाले भन्नुहुन्थ्यो, ‘फोहोर नचलाउनु-फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’

कांग्रेसको केन्द्रीय समितिको बैठक १६ असारदेखि जारी छ ।


प्रतिकृया दिनुहोस्