Skip

Hamro Sanchar

कांग्रेसले तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १८ गते


काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर २६–२८ मा अनिवार्य गर्ने गरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिरमा अनिवार्य महाधिवेशन सम्पन्न गर्न त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको हो ।

तरुण दलको महाधिवेशन तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोलाले जानकारी दिइन् । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको उनले बताइन् ।

अनिवार्य महाधिवेशन गर्ने गरी मिति तोकिएपछि तदर्थ समिति भंग गर्नुपर्ने भन्दै अनशनमा बसेका तरूण दलका दुईजना केन्द्रीय सदस्यले अनशन समेत तोडेका छन् । त्यस्तै, बैठकमा विभिन्न एजेन्डामाथि प्रदेश सभापतिहरूले धारणा राखेका छन्।


प्रतिकृया दिनुहोस्