Hamro Sanchar

गगनको सामुन्ने मोहनले भने : तपाईंकै कारण मविरुद्ध अख्तियारले छानबिन गर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १८ गते


काठमाडौं । नेपाली कांग्रेसको केन्द‍्रीय समिति बैठक तेस्रो दिन पनि जारी छ। जारी बैठकमा केन्द्रीय सदस्यहरूले आज पनि आफ्नो धारणा राखिरहेका छन्। आजको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेत धारणा राख्नेक्रममा महामन्त्री गगनकुमार थापाविरुद्ध खनिए।

महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो, उनले भने, तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो।

उनले आक्रमक हुँदै थपे, मविरुद्ध लाग्ने तपाईं हैनरु ढिलोछिटो पालो सबैको आउँछ। हेरौँला कोही चोखो हुने वाला छैन, सग्लै चोखिने वाला कोही छैन।

उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरू संगठन जोगाएर, पार्टीलाई जिताएर ल्याइरहने नेताविरुद्ध किन खनिन्छन् आफूले बुझ्न नसकेको पनि बताए।

जुन मान्छेले एक्लै लडेर सिन्धुपाल्चोकमा संगठन बनाएको छ। माओवादीसँग एक्लै भिडिरहेको छ त्यही नेतामाथि नेतृत्व खनिनेरु, उनले भने, तपाईंले जति गरे पनि टेरामक्समा मेरो केही गल्ती छैन। तर मलाई धेरथोर बदनाम बनाउने काम भयो। उनले पार्टीको अनुशासन आयोगको भूमिका माथि पनि प्रश्न उठाएका थिए


प्रतिकृया दिनुहोस्