Hamro Sanchar

निजामती विधेयकबारे सभामुखले भने : समितिबाट जे आयो, त्यही पारित भएको हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १७ गते


काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट आएको निजामती सेवा विधेयक हुबहु प्रतिनिधिसभाबाट पारित भएको बताएका छन् ।

मंगलबार सभामुखको कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले विधेयकमा भएको त्रुटिबारे सच्याउन आवश्यक रहेको बताए ।

ूसमितिबाट जे प्रतिवेदन आएको छ, संसद्‌बाट त्यही पारित भएको छ । समितिमा किन गर्‍यो रु कसले गर्‍यो रु छानबिन त गर्नैपर्छ । विश्वासअनुसार काम गर्नुपर्‍यो । गलत चिज पास हुनुभएन, उनले भने ।

उनले राष्ट्रियसभाले पनि त्रुटिलाई सच्याउन सक्ने बताए ।


प्रतिकृया दिनुहोस्