Skip

Hamro Sanchar

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष जेल सजाय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १६ गते


काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो।

९ करोड २२ लाख रुपैंयाको घुस लेनदेन भएको ठहर सहित विशेष अदालतले मेयर बस्नेत अनि पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाख रुपैंयाका दरले जरिवाना मागेको हो । हाउजिङ र पद्मा मर्चेन्टले पनि त्यही दरले जरिवाना तिर्नुपर्नेछ ।

विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने ८ वर्षको कैदमा गाभिनेछ ।

विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ । उनलाई थप २ करोड २६ लाख रुपैंया जरिवाना पनि हुनेछ ।


प्रतिकृया दिनुहोस्