Skip

Hamro Sanchar

रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १६ गते


काठमाडौँ । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

आज निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो ।


प्रतिकृया दिनुहोस्